७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

देशका केही ठाउँमा छिटपुट देखि हल्का वर्षाको सम्भावना



काठमाण्डौ ( आज काठमाण्डौ उपत्यकाको थोरै ठाउँमा दिउँसोपछि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाण्डौ उपत्यकाको मौसम बिहानैदेखि धुम्म भए पनि ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार दिउँसोपख पनि काठमाण्डौ उपत्यकामा मौसम खुलेर पारिलो घाम लाग्ने सम्भावना छैन ।

यस्तै, आज कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भेगका थोरै ठाउँमा तथा देशका बाँकी भेगका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिजो दाङको घोराही र लमजुङका एकरदुई ठाउँमा असिना पानी परेको थियो भने दिपायल, डडेलधुरा, जुम्ला, ओललढुङ्गामा छिटपुट वर्षा भएको थियो ।

यस्तै, आज देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : ५९ बजे