७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी विजयी




काठमाण्डौ फागुन १३, – इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । आर्सनलले न्यूक्यासललाई ४–१ गोलले र सिटीले बर्नमाउथलाई १–० गोलले हरायो । सिटीको जितमा खेलको पहिलो हाफमा फिल फोडेनले गरेको गोल नै पर्याप्त भयो । उनले २४ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँग अङ्कदुरी घटाएको छ । लिभरपुलको २६ खेलमा ६० अङ्क छ ।

दोस्रो स्थानमा रहेको सिटीको समान खेलमा ५९ अङ्क रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको आर्सनलको २६ खेलमा ५८ अङ्क छ । अर्को खेलमा फुलहमसँग म्यानेचस्टर युनाइटेड पराजित भएको छ । युनाइटेड फुलहमसँग २–१ ले गोलले पराजित भएको हो । हारसँगै युनाइटेड ४४ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । फुलहम ३२ अङ्कसहित १२ औँ स्थानमा छ ।

प्रिमियर लिगका अरु खेलमा एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४–२ तथा क्रिस्टल प्यालेसले बर्नलीलाई ३–० गोलले हराएको छ । ब्राइटन र एभर्टनले एकरएक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । लिगमा आज एउटा खेल हुनेछ । बेलुका सवा ७ बजे उल्भ्स र सेफिल्ड युनाइटेड खेल्दैछन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : २० बजे