७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लागुऔषध सहित दम्पति पक्राउ



कोहलपुर बाँके फागुन १३ । लागुऔषध सहित कोहलपुरमा दम्पति पक्राउ परेका छन् ।

कोहलपुर नगरपालिका(११ लोकनगरस्थित चिया पसलका संचालक बाजुरा हिमाली गाउँपालिका(४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाही पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७ सय मिलिग्राम लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : ४६ बजे