३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

व्यस्त बजार, व्यस्त जितमान



‘‘भुँइ मान्छेको कथा’’

कोहलपुर बाँके फागुन १४ – व्यस्त कोहलपुर बजार । सवारी साधनको बढ्दो चाप । पूर्व पश्चिम, उत्तर दक्षिणको संगम् । भेटघाट गरी सञ्चो विसञ्चो सोध्नु त परै जाओस । बोल्न समेत फुर्सत छैन कसैलाई । शायद न गाउँ, न शहर हुनुको पीडा भोगिरहेछ कोहलपुर बजार । न यहाँ पुरानो प्राकृतिक र आत्मीय गा्रमिण जीवनशैली छ । न त आधुनिक व्यवस्थित र परिपक्व जीवन प्रणाली नै । पुरानो गुमाइसकेको र नयाँ स्थापित नभैसकेको अवस्थालाई संक्रमण काल भन्दा रहेछन् जानकारहरु । यहि भीडको बजारमा भेटिन्छन् उनी । ६६ वर्ष काट्दा पनि नथाकेको शरीर । सरल स्वभाव । हसिलो अनुहार । अनि सधै निष्ठामा रमाउने बानी । अर्थात सालिनताका शिखर जीतमान सार्की ।

पलेटी कसेर भुइमा बसी जुत्ता मर्मत गरिरहेका जीतमानलाई देख्दा मलाई संझना भयो, बिश्वविख्यात साहित्यकार, नोवल पुरस्कार विजेता जोन गोल्सवर्थीको गेस्लर बा्रेदर्स नामक कथा । जहाँ एक चर्मकारले अरुको जुत्ता सिउने काम निरन्तर गरिरहन्छन् । उनको सेवाबाट सबै ग्राहक खुशी पनि हुन्छन् । गेस्लरले व्यवहारिकताको नाममा आफ्ना गा्रहकसंग लिनु पर्ने स्वभाविक पारिश्रमिक समेत कम लिन्छन् । यसैकारण उनको व्यवसाय दिन दिनै ओरालो लाग्दै जान्छ । अन्त्यमा बदलिएको चलन अनुसार चल्न नसक्दा वा नजान्दा व्यवसायबाटै पलायन हुन्छन् । कामना छ जीतमानको अवस्था गेस्लरको जस्तो नहोस ।

पसल वरिपरी मर्मत गर्न राखिएका ४र५ जोर जुत्ता चप्पल । मर्मत सामाग्री र पालिस लगाउने ब्रुस । सीयोले पारेको प्वाललाई चश्माको सहाराले नियाल्दै धागो मिलाउदैछन् उनी । कोठाको कुनामा नयाँ जस्ता लाग्ने जुत्ता चप्पलले पनि कोठाको शोभा थपेका छन । जेन तेन यसरी नै चलिरहेछ उनको गुजरा । आफ्नो पेशाले कमाउन नसके पनि जसो तसो खान लाउनमा सहयोग गरेको उनी सुनाउछन् ।

दाङको भमकेमा जन्मिएका जीतमानको बाल्यकाल अभावमै वित्यो । ससाना भाइबैनी सहित ८ जनाको परिवार पाल्न उनका बाबुलाई त्यति सजिलो थिएन । सामाजिक छुवाछुतले साम्राज्य नै जमाएको थियो । एक दिनको कुरा हो । उनी १२ वर्षको उमेरमा आफनो फुपुको घर जाँदै थिए । अलि टाढाबाट २ महिला गागा्रमा पानी लिएर आउदै रहेछन् । साघुरो बाटाको कारण अरुलाई बाटो छोड्नु पर्दथ्यो । त्यसैले महिलाहरु आँफुनिर आइपुग्दा उनले बाटोमाथि लागेर बाटो छोडिदिए । यसरी बाटो छाडी अरुलाई सहयोग गर्दा नि उनले ती दुइ महिलाबाट अपमानित हुनु पर्यो । कथित दलित जातको मानिसले अरुलाई बाटो छोडिदिदा आफू बाटो मुनीतिर लाग्नु पर्ने रहेछ , जुन कुरा मलाई थाह नै थिएन । जातीय छुवाछुतको तत्कालिन परिवेश सुनाउछन् उनी ।

रात दिन मिहेनत गर्दा नि राम्ररी खान लाउन पुग्दैनथ्यो । बाबु र आफू मिलेर काँचो छाला किन्ने र प्रशोधन गर्नु पर्दथ्यो । छाला प्रशोधनमा निकै मिहिनेत लाग्दथ्यो । बनाएका जुत्ता पनि कहिले त विक्री भैहाल्थे । तर कहिलेकाही बिक्रीका लागि गाउँमा डुलाउनु पर्ने । कुनै दिन त विक्री नै नहुने । अव पनि भमकेमा बसिरहे आर्थिक समस्या झन् जटील बन्ने अनुमान गरे उनले । संयोग भनौ, कोहलपुरमा बस्ने ढुन्डिराज पाण्डे घोडा लिएर दाङ गएका रहेछन् । उनैको घोडा डोर्याएर केही गर्ने आशामा कोहलपुर आए जीतमान ।
केही गर्न सकिन्छ कि भनेर कोहलपुर त झरियो । छाला जुत्ताको काम । अलि अलि सीप त थियो । लगानी गर्न भने केही थिएन ।

खाने बस्नेको पनि समस्या । एकपटक त खै किन आएछु भन्ने लाग्यो । २०४० सालमा कोहलपुर बसाई सर्दाको संझना गर्छन् उनी । आखीर जसरी नि केही न केही त गर्नै थियो । दाङबाट ल्याएका थोरै जुत्ता मर्मत सामाग्री थिए । यिनै सामागी्र राखेर ढुण्डिराज पाण्डेको घुम्तीमा पसल खोलियो । केही समय पछि घुम्ती राखेको जग्गा धनीले घुम्ती राख्न नदिएपछि मोहन थारुको कटेरोमा राखियो ।

केही गरौ भन्ने अभिलासा त मनमा थियो नै । सधै अर्काको घरमा पनि कति बसिरहनु । आफ्नै घर हुनलाई त जमिन पनि त हुनु पर्यो नि । अनि किन्ने पैसा पनि । अहिलेको श्रृजना डेरीको वरिपरी ऐलानी जग्गा थियो । आखीर सरकारी जमिन हो भन्ने लागेर आयो । २०४३ मा ऐलानीमा सानो झुप्रो बनाउन पुगे उनी । वरिपरी सबै छिमेकी आफूजस्तै दिनभरी काम गरी पेट पाल्ने । कसैले कसैलाई हेला होचो नगर्ने । ऐलानी जमीन भए पनि निकै आनन्द लाग्यो । करेसा बारीमा एक दुई खुर्सानीका बोट लगाएर पनि खान पाइने भयो । मन निक्कै रमायो । ऐलानीमा झुपे्रा बन्दाको खुशी सुनाउँछन् जीतमान् । तर यो खुशी भने धेरै दिन टिकेन । तत्कालिन प्रसाशनले कर तिर्न नसकेको भनी ५०÷६० घरधुरीलाई हटाइदियो । आशाका त्यान्द्रा चुडिए । नीलो आकाशमा कालो बादल मडारियो । गरीवको सहारा कोही पनि बनेन । जे जस्तो भए नि पीडा सहनुको केही विकल्प थिएन । आप्mनै कामलाई निरन्तरता दिए उनले ।

०४६ सालको अन्त्यतिर नेपालमा बहुदल आयो । प्राय दिनदिनै नारा र जुलुश हुन्थे । राता भण्डा फर्फराउदै मानिसहरु यता र उता गरिरहन्थे । जिन्दाबाद र मुर्दावादका स्वर सुनिन्थे । कहिलेकाही जीतमानले चिनेका मानिस पनि त्यहाँ देखिन्थे । अव गरीवका दिन गए । कसैले दुख पाउनु पर्दैन । मञ्चमा कुर्लन्थे । यो सबै देखेर जीतमान पनि मख्ख परे । साँच्चै पो हो कि त भन्ने लाग्यो उनलाई । त्यसैले अहिलेको बागेश्वरी पब्लिक क्याम्पस भन्दा उत्तरतर्फको जमिनमा झुप्रो बनाउन पुगे । तर त्यो विश्वास पनि खरानी भयो । स्थानीय निर्वाचन्पछि उनी बसेको बस्ती पनि हटाइयो । भोटको लागि मात्र त्यहाँ बस्न दिइएको रहेछ भन्ने कुरा बुझे उनले । गरिवका कुरा गर्ने बहुदलका मान्छे कोही पनि आएनन् ।

खाली रहेको ऐलानी जमिन खोज्नु । त्यसैमा सानो झुप्रो बनाएर गुजरा चलाउनु । प्रसाशनबाट पटक पटक बेदखल भैरहनु । नियति बन्यो जीतमानको जीवन । तै पनि के गर्नु मर्न सकिएन । हुर्कदै गरेका २ छोरालाई हेरेर पनि मन बुझाए । केही जनप्रतिनिधिको सहयोगमा उनी सहित १२ घरधुरी परिवारलाई अहिलेको ल्त्ख् को दक्षिण,पश्चिम खाली रहेको ठाउँमा सारियो । जनप्रतिनिधिले नै योजना गरी बस्ती सारेकोले अव त केही हुन्न होला भन्नेमा ढुक्क भए उनी । तरा पनि पुनः उनको आशामा पैरो गयो । नगरविकाश समितिले झुप्राको वरिपरी माटो थुपारेर बस्नै नसक्ने बनाइदियो । सानो तिनो संघर्ष नै भयो । संघर्षको परिणाम गठन भएको सर्वदलीय निर्णयबाट उनी सहित केही परिवार अहिले घर भएको ठाउँमा सारियो ।

जीवनमा हण्डर र ठक्कर त कति खाइयो खाइयो । समाजमा कुरा काट्ने मात्र होइन, सहयोग गर्ने मानिस पनि छन् । सबैका आ आफ्ना पीडा हुन्छन् । सबैलाई आफनै पीडा ठूला लाग्छन् । छोराहरुले अहिलेको व्यवसायलाई आधुनिकिकरणतर्फ लैजाने कोसिश गरेका छन् । यसमा प्रचार प्रसार पुगेको छैन । कमसे कम यति धेरै संघर्षबाट पाएको जमीनको लालपूजा भैदिए ढुक्क हुने थियो । आफ्नो भावना सुनाउछन् उनी ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : १० बजे