काठमाडौं, फागुन १४– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताउनुभएको छ । बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्ता नयाँ उत्साह र योजनाका साथ अघि बढ्नपर्ने बताउनुभयो ।
माओवादीले जनयुद्ध गरेपछि २०५२ साल फागुन १४ गते तत्कालीन सरकारद्वारा दिलबहादुर रम्तेल मारिएको स्मरणमा अखिल क्रान्तिकारीले हरेक वर्षको फागुन १४ गतेलाई बलिदान दिवसको रुपमा मनाउँदै आएको छ । फागुन १४ को रम्तेले हत्यादेखि फागुन २१ को सुखानी हत्याकाण्डसम्मलाई जोडेर माओवादी केन्द्रलगायतका दलहरुले सहिद सप्ताह मनाउँदै आएका छन् ।
सोही क्रममा अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताउनुभयो । ‘आजको तपाइँको पुस्ता यसकारण भाग्यमानी हो, जसले निरंकुशता भोग्नुपरेको छैन ।
जेल, नेल, यातना सहनुुपरेको छैन’– उहाँले भन्नुभयो– ‘हिजोको पुस्ताले बगाएको आँसु, रगत र पसिनाको योगफल नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो, यसकै परिणाम आजको पुस्ता स्वतन्त्रताको खुला आकाशमा रमाउन पाएको छ ।’ त्यसैले स्वतन्त्रता सेनानीको रुपमा रहेका अग्रज पुस्ताको सम्मान गर्दै नयाँ पुस्ता अबको युगको नेतृत्व लिन तयार हुनुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।
‘पुरानो पुस्ताको बलिदानका कारण राजनीतिक व्यवस्था बदलियो’– मन्त्री शर्माले भन्नुभयो– ‘अब बदलिएको राजनीतिक व्यवस्थाको फराकिलो धरातलमा टेकेर नयाँ पुस्ताले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व लिनुपर्छ ।’ सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरिसकेको जानकारी दिंदै उहाँले यो अभियानलाई पूरा गर्ने मुख्य अभिभारा नयाँ पुस्ताको काँधमा रहेको बताउनुभयो ।
वर्तमान सरकार गठन भएपछि ठूलाठूला अनियमिताका फाइल खुलिरहेको चर्चा गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘कतिपयले अहिले किन धेरै काण्डहरु सार्वजनिक भइरहेका छन् भनेर पनि प्रश्न गर्ने गरेका छन् । यी काण्डका आजका होइन, वर्षौदेखि थुप्रिएका अनियमिताका फाइल खोज्ने सरकारको पहलकदमीको परिणाम नै यी काण्डहरु सार्वजनिक भइरहेका छन् ।’
विगतका राजतन्त्रकालमा कानुन सानाका लागि मात्रै भएको र शासकहरुले जे गरे पनि छुट हुने अवस्था रहेको स्मरण गराउँदै उहाँले अब गणतन्त्रमा सबै बराबर हुने भएकाले पनि उच्च पदस्थहरुमाथि धमाधम कानुन आकर्षित भइरहेको बताउनुभयो । ‘गणतन्त्रले स्थापित गरेको महत्वपूर्ण भाष्य भनेको गणतन्त्रमा गल्ती गर्ने छुट हुँदैन भन्ने नै हो’– उहाँले थप्नुभयो– ‘गल्ती गरे जोकोही पनि सजायको भागिदार हुनुपर्छ, यही नै गणतन्त्रको सार हो ।’
२०८० फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१। प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने मृतक जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने ।
२। सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद २०८०र११र१६ बाट लागु हुने गरी फागुन मसान्तसम्म थप गर्ने ।
३। सार्वजनिक खरिद ९तेह्रौं संशोधन० नियमावली, २०८० स्वीकृत गर्ने ।
४। बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी २०८०र११र२० भित्र सिफारिस गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने ।
५। भरतपुर महानगरपालिका प्रमुख श्री रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने क्ष्लतभचलबतष्यलब िःबथयच ब्धबचम ग्रहण गर्न स्वीकृति दिने ।
६। २०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।