७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

दुई महिने संगठन विस्तार अभियान नेकपा एस बाँकेले संचालन गर्दै




कोहलपुर बाँके फागुन १५ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) बाँकेले जेठमा हुने आफ्नो १०औं महाधिवेशनलाई लक्षित गर्दै दुई महिने संगठन विस्तार अभियान संचालन गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादी बाँकेको पूर्ण बैठकले बाँकेका सबै स्थानीय तह र ८१ वडामा मुख्य अभियन्ता तोकी फाल्गुन २२ देखि ३० गतेभित्र पालिका कमिटी, वडा कमिटी, जनवर्गीय संगठन गठन, पुनर्गठन, अद्यावधिक गर्ने, सदस्यता वितरण गर्ने लगायतका निर्णय गरेको छ ।

पूर्ण वैठकलाई लुम्बिनी प्रदेश इन्चार्ज तथा पार्टी केन्द्रीय सचिव हरि पराजुली, प्रदेश अध्यक्ष तथा पोलिटव्युरो सदस्य सोम प्रसाद पाण्डे, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव अशोक कोइराला, केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ लगायतले सम्वोधन गरेका थिए । बैंकको अध्यक्षता अध्यक्ष इन्द्रबहादुर थापा र संचालन सचिव दिपक जिएमले गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : १६ बजे