७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलेक्ट्रोनिक्स पसलमा आगलागी



कोहलपुर बाँके फागुन १६ । नेपालगञ्जमा एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । आगलागीबाट डेढ करोड बढीको क्षती भएको अनुमान गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलस्थित न्यू माया इलेक्ट्रोनिक्स पसलमा गएराति करिब साढे १२ बजेतिर आगलागी हुँदा सम्पूर्ण इलेक्ट्रोनिक्स समानहरु पूर्णरुपमा जलेर नष्ट भएको नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य शिवप्रसाद दाहालले बताए ।

दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रण आएको थियो । विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : ४५ बजे