७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

८२.२ प्रतिशत बालबालिलकाले बाँकेमा दादुरा–रुबेला विरुद्धको खोप लगाए



कोहलपुर बाँके फागुन,- ८२.२ प्रतिशत बालबालिलकाले दादुरा–रुबेला रोग विरुद्धको खोप लगाएका छन् । फाल्गुन १३ देखि चलेको खोप अभियान अन्तर्गत बाँकेमा चौथो दिनसम्म १ लाख ३६ हजार २७ जना बालबालिकाले खोप लगाएका हुन् ।

बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । हालसम्म खजुरा र कोहलपुर नगरपालिकामा लक्ष्य भन्दा बढी अर्थात खजुरा गाउँपालिकामा १२२।७ प्रतिशत तथा कोहलपुरमा १०९।४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

यसैगरी राप्तीसोनारीमा ८४।९, बैजनाथमा ८२।३ र डुडुवामा ८१।१ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

यस्तै जानकीमा ६३।१ र नेपालगञ्जमा ६२।७ प्रतिशत बालबालिकाले दादुरा(रुबेला विरुद्धको खोप लगाएका छन् । उता नरैनापुरमा ५४।२ प्रतिशतले खोप लगाएका छन् ।

९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । उक्त खोप अभियान फाल्गुन ३० गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १२ : ०७ बजे