७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आज पहाडी क्षेत्रमा मौसम बदली, पानी पर्ने सम्भावना कम



काठमाण्डौ फागुन २२, – आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । अरु धेरैजसो ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आज दिउँसो र राति पनि मौसम आंशिक बदली नै रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा मौसम बदली र उच्च भागमा हिमपातको सम्भावना भए पनि पानी भने नपर्ने महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकाको मौसम पनि आंशिक बदली रहेको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : ०३ बजे