७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेकपा विप्लवका महासचिव नेत्र विक्रम चन्द जुम्ला जाँदै



कोहलपुर बाँके फागुन २३- नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्ध (बिप्लव सि) सामुहिक रुपमा स्याउ खेतिका लागि जुम्ला जानू हुने भएको छ । फागुन २४ र २५ गते १० हजार स्याउका विरुवा रोप्नका लागी जुम्लाको हिमा गाउँपालिकामा जानू हुने भएको हो ।
त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजना अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ हाणुल्यमा सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको छ । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य विर्खबहादुर शाही (प्रभाजित सि) का अनुसार पार्टीको कार्यक्रम अनुसार पार्टीले लिएको कृषि उत्पादन लक्ष्य रहेको छ ।

त्यस क्षेत्रमा फागुन २५ गते देखी १० हजार स्याउका विरुवा रोपिने सूरु गरिने छ । स्याउ खेतिका लागि विप्लव र खड्कबहादुर विश्वकर्मा प्रकाण्ड आउने कार्यक्रम रहेको हो । नेपाल कम्यूनिष्ट पार्टीका अनुसार २४ गते उहाँहरु जुम्ला पुग्ने कार्यक्रम रहेको छ, । २५ र २६ गते सामुहिक स्याउ रोप्ने कार्यक्रम रहेको नेपाल कम्यूनिष्ट पार्टीले जानकारी दिएको छ । सामुहिक स्याउ रोप्ने कार्यक्रमका लागि फागुन १५ गते देखी स्थानीय स्तरमा तयार भईरहेको छ । स्थानीय स्तरमा प्रभाजित सी, अर्जुन सी लगायतका नेताहरुको अगुवाईमा कार्यक्रमको तयारी भईरहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लव सि, नेता प्रकाण्ड सि सहितका आधा दर्जन स्थायी कमिटिका नेताहरु जुम्ला आउने भएका छन् । यसैगरी २७ गते कालिकोटको फाई महादेवमा पनि स्याउ रोप्ने कार्यक्रम रहेको छ । यसैगरी २८ गते जुम्ला र कालिकोटको नाग्ममा जनसभा गर्ने कार्यक्रम रहेको छ । यसैगरी २९ गते कालिकोटमा पत्रकार भेटघाट गरि नरहरीनाथ तिर जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : ५७ बजे