काठमाण्डौ फागुन २५, – अष्ट्रेलियासँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्ड १ सय ६२ रनमा अलआउट भएको छ । क्राइसचर्चमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली पहिलो दिनको खाना समय अघि नै १ सय ६२ रनमा अलआउट भयो ।
उसका लागि टम लाथमले सर्वाधिक ३८ तथा म्याट हेनरीले २९, टिम साउथीले २६ र टम ब्ल्नडेलले २२ रन बनाए । अष्ट्रेलियाका जोश हजलउडले पाँच तथा मिचेल स्टार्कले तीन विकेट लिए ।
आजै अष्ट्रेलियाले आफ्नो पहिलो पारीको ब्याटिङ थालेको छ । दुई खेलको शृङ्खलामा पहिलो खेल अष्ट्रेलियाले जितेको थियो ।