७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

यति एयरलाइन्सद्वारा क्यान्सरका बिरामीलाई हवाई टिकट निस्शुल्क



कोहलपुर बाँके फागुन फागुन २८, यति एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई हवाई टिकट निस्शुल्क दिने भएको छ। यति एयरलाइनसले उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटल ९बिराट क्यान्सर इन्स्टिच्युट०मा जाने क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो ।

एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए।

यो सुविधाले क्यान्सरसँग लडिरहेका हरेक बिरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका विष्टले बताए। ‘निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका बिरामीहरूले उपभोग गर्न पाउनुहुनेछ। बिराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौं,’उनले भने, ।

निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजातसहित बिराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्ने यति एयरलाइन्सले जनाएको छ ।

अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्ररपरिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको इन्स्टिच्युटका उपाध्यक्ष डा। निकिता कार्कीले जानकारी दिए । बिरामीहरूले डाक्टरको अप्वाइन्टमेन्ट लिदाँ टिकट बुकिङका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नुहुने कार्कीले बताए ।

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यति एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एयरलाइन्सले जानकारी दिएको छ।

नेपालभरकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यति एयरलाइन्स र बिराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ०६ बजे