७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको लुम्बिनीमा नयाँ नेतृत्व चयन



कोहलपुर बाँके फागुन २८ । लुम्बिनीमा नेकपा ९एमाले० निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । गुल्मीको सदरमुकाम तम्घासमा भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

दोस्रो लुम्बिनी प्रदेश अधिवेशनबाट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको अध्यक्षमा अम्मरसिंह सिंजापती सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा उमाशंकर चौधरी र बिना रानामगर रहनुभएको छ ।

त्यस्तै, सचिवमा प्रेम पुन मगर, कोषाध्यक्षमा देवराज श्रेष्ठ, उपसचिवमा लालबहादुर थापा र धनबहादुर बुढामगर रहनुभएको छ । लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाबाट तीन जना र बाँकी १२ जना खुल्ला सदस्य गरी नयाँ कार्यसमिति चयन गरिएको छ ।

दुई दिनसम्म चलेको दोस्रो लुम्बिनी प्रदेश अधिवेशनबाट ५५ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको लुम्बिनी प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । १२ जिल्लाका १६० प्रतिनिधिको सहभागिता रहेको दोस्रो अधिवेशनको उद्घाटन नेकपा ९एमाले० का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गर्नुभएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : २६ बजे