७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको आज उद्घाटन




काठमाण्डौ फागुन २८, – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको आज उद्घाटन भएको छ । उद्घाटनका अवसरमा एक्स्ट्राटेक लिजेन्ड कप टी–१० मैत्रीपूर्ण क्रिकेट हुँदैछ । गएको जेठ ३० गते शिलान्यास भएको क्रिकेट मैदान ९ महिनामै निर्माण सम्पन्न भएको हो ।

गुल्मी घर भइ अष्ट्रेलियामा बस्दै आएका विनोद कुँवर र उहाँकी श्रीमती सुदीक्षा गौतमले ४० करोड रुपैयाँको निजी लगानीमा क्रिकेट मैदान निर्माण गरेका हुन् । उद्घाटनमा हुने मैत्रीपूर्ण प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोली सहभागी हुँदैछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ३७ बजे