७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बसले साइकल यात्रीलाई ठक्कर दियो




कोहलपुर बाँके फागुन २८, – बसले साइकल यात्रीलाई ठक्कर दिएपछि ठक्कर दिने बसलाई सर्लाहीका स्थानीयले बस जलाएका छन् । नवलपुरबाट मलङ्गवातर्फ गुडिरहेको ग २ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका–१० सलेमपुर घर भएका ५५ वर्षका सजुगल महतोलाई आज बिहान ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका सजुगललाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगजनीबाट बस पूर्णरूपले जलेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : ११ बजे