७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुनका गरगहनासहित एक जना पक्राउ



कोहलपुर बाँके फाल्गुन २९, । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका(६ घर भएकी २८ वर्षीया संगीता परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उक्त धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ५० बजे