७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पुल निर्माणको काम अलपत्र, ठेकेदार फरार




दाङ चैत १- घोराही उपमहानगरपालिका–१७ को गैरागाउँ–घनिबगिया सडकखण्ड अन्तर्गत कुटवा खोला पुल निर्माण कार्यको काम अलपत्र परेको छ । २०७९ पुस १३ गतेसम्म पुल निर्माणको काम सक्ने गरी २०७८ असार १४ गते पूर्वाधार विकास कार्यालय दाङ र महादेव खिम्तीरअञ्जनारजलजला जेभी काठमाडौँका बिचमा सम्झौता भएको थियो ।

करिब चार करोड १७ लाख २४ हजार रुपियाँमा पुल निर्माणको सम्झौता गरेको निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिष अर्याल बताउनुहुन्छ । कार्यालय प्रमुख अर्यालका अनुसार करिब डेढ वर्षमा पुल निर्माणको काम सक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण अहिलेसम्म पुलको पिल्लर उठाउनेबाहेक अन्य काम हुन सकेको छैन ।

पुल निर्माणको जिम्मा महादेव खिम्तीरअञ्जनारजलजला जेभी काठमाडौँले लिए पनि काम भने एकल रूपमा जलजला निर्माण सेवाले गर्दै आएको थियो तर पुलको दुवैतिरका दुई वटा पिल्लर उठाएर करिब सातरआठ महिनादेखि निर्माण व्यवसायीले काम गर्न छोेडेको कार्यालय प्रमुख अर्याल बताउनुहुन्छ । कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “निर्माण कम्पनीका प्रतिनिधिले काम गर्छु भन्ने तर नगर्ने गरेका कारण एक वर्षअघि सक्नुपर्ने काम अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै काम भएको छ ।” कार्यालयका अनुसार निर्माण कम्पनीले करिब ३० प्रतिशत भुक्तानी लिइसकेको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माणको काममा ढिलाइ भएपछि कार्यालय सम्झौता रद्द गर्ने तयारीमा रहेको कार्यालय प्रमुख अर्याल बताउनुहुन्छ । नियमित रूपमा काम पनि नगर्ने र बोलाउँदासमेत सम्पर्कमा नआउने गरेका कारण अहिलेको निर्माण कम्पनीबाट काम नहुने अवस्था रहेकाले चालु आर्थिक वर्र्षभित्र सम्झौता रद्द गरेर नयाँ ठेक्का लगाउने तयारीमा कार्यालय पुगेको उहाँले बताउनुभयो । कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “काम नै नगर्ने निर्माण व्यवसायीबाट पुल बन्ने अवस्था देखेका छैनौँ । त्यसैले अहिलेको सम्झौता खारेज गरेर नयाँ टेन्डरको तयारीमा लागेका छौँ ।” पुल निर्माणको काम अलपत्र पर्दा स्थानीयलाई बर्सातको समयमा हिँडडुलसँगै यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ४ : ४६ बजे