७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

करिब ६ लाख सहित बर्दियाका २ जना पक्राउ




कोहलपुर बाँके चैत्र १, । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका(७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका(८ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरी चौकी शम्सेरगंजबाट खटिएको प्रहरीले भे।९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १२ : ०५ बजे