७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

तेह्रथुमको फेदापमा आगलागी हुँदा १५ वटा घर जलेर नष्ट



कोहलपुर बाँके चैत ४, – पाँचथरको फेदाप गाउँपालिका–१ को टारी र बाजाघर गाउँमा आगलागी भएको छ । आगलागीबाट कम्तीमा १५ वटा घर जलेर नष्ट भएको फेदाम गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिनुभयो । आगलागीबाट केही पशुचौपाया मरेका उहाँले बताउनुभयो ।

आगलागी भएको ठाउँमा तीव्र गतिमा हावा चल्दा आगो निभाउन गाह्रो भएको अध्यक्ष भेटवालले बताउनुभयो । आगलागी भएको ठाउँ सुक्खा क्षेत्र र जङ्गल नजिक छ । अहिले प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका भेटवालले जानकारी दिनुभयो ।

टारी र बाजाघर गाउँमा गरी झण्डै एक सय वटा घर छन् । गाउँमा धेरैजसो खरका घर भएका कारण आज दिउँसोदेखि लागेको आगो निभाउन गाह्रो भइरहेको अध्यक्ष भेटवालले बताउनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : ०२ बजे