२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

भ्रमणका लागि आईसीसी प्रमुख बार्कले नेपाल प्रस्थान



काठमाण्डौ चैत ५, – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख ग्रेग बार्कले नेपाल आइपुगेका छन् ।

आईसीसी प्रमुख बार्कले आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्का, उपाध्यक्ष रोशनकुमार सिंहलगायतले स्वागत गरे ।

प्रमुख बार्कलेले नेपालको चार दिने भ्रमणका लागि आइपुगेका हुन् । उनले नेपाल भ्रमणका क्रममा त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको निरीक्षण गर्नेछन् । यस्तै उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्रीलगायतलाई भेट गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

नेपालले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्वकप सह–आयोजना गर्ने दाबी गर्दै आएको छ । क्यानले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ४१ बजे