७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रथम दलित ज्ञान उत्सव हुँदै




शिवानी विक कोहलपुर बाँके चैत ६- यहीँ चैत १४ र १५ गते बुटवलमा प्रथम दलित ज्ञान उत्सव हुने भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा उक्त उत्सव हुन लागेको हो । तिलोत्तमा नगरपालिकाकाले नगरपालिकामा प्रथम दलित ज्ञान उत्सव हुन लागेको एक एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

दलित तथा सीमान्तकृत समुदायका विभिन्न सामाजिक आन्दोलनहरुको उर्वर भूमिको रुपमा मात्र नभएर विश्वलाई समानता र करुणाको ज्ञान दिने गौतम बुद्धको जन्मभूमिमा उत्सव आयोजना हुनु आफैमा सामाजिक न्यायका लागि नयाँ अध्यायको सुरुआत भएको तिलोत्तमा नगरपालिकाकाले जनाएको छ ।

नेपाली समाजको सामाजिकीकरण र गतिशीलताका लागि दलित समुदायको महत्वपूर्ण योगदान रहेको समेत उनले विज्ञप्तिमा उल्लेख गरीएको छ । उत्सवले गुमेको दलित समुदायको आत्मसम्मान र स्वाभिमान जगाउन महत्वपूर्ण योगदान विश्वास लिइएको छ ।

तिव्र विकास हुँदै गरेको तिलोत्तमा नगरले सामाजिक न्यायको क्षेत्रमा पनि काम गर्दै आइरहेको अवस्थामा दलित ज्ञान उत्सवले नयाँ इट्टा भन्दै उत्सवमा सहभागिता हुनका लागि समेत आग्रह गरीएको छ ।

तीन दिनसम्म चल्ने यो दलित ज्ञान उत्सवमा १४ भन्दा बढी सेसन तथा सांगीतिक प्रस्तुतिहरु हुने दलित रीडरका सल्लाहकार शुभाष नेपालीले जानकारी दिनु भएको छ । ज्ञान उत्सवको मुख्य विषयमा दलित समुदायका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक लगायतका विविध विषयमा विमर्श हुने उहाँले बताउनु भयो ।

बुटवलस्थित होटल पौवामा हुने ज्ञान उत्सव हरेक दिन बिहान ०९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन चल्नेछ। उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हालेमालोका लागि हामी सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धनदाता तथा पत्रकारहरुको उपस्थिति रहने भएको छ ।
उक्त अभियानम निर्देशक तथा गायक यश कुमार, अभिनेत्री तथा निर्देशक दिया मास्के, लेखक तथा पत्रकार विश्वास खड्काथोकी, सामाजिक न्यायका लागि लेखनकर्मी अन्जुली विश्वकर्माको उपस्थिती रहने भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : २७ बजे