७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

निर्धन उत्थानको वित्तीय साक्षरता तालिम सम्पन्न




कोहलपुर बाँके चैत ९, बाँकेको कोहलपुरमा क्षेत्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय सस्था लिमिटेडले “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ ।

आफ्नो समुहमा आवद्द महिला दिदिबहिनि र विद्यार्थीहरु गरि ८० जना भन्दा बढिलाई एकै ठाउँमा रखेर “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको हो ।

निर्धन उत्थान लघुवित्त वित्तीय सस्था लिमिटेड क्षेत्रीय कार्यलय कोहलपुरका कार्यक्रम आधिकृत मिन बहादुर मल्लले नेपाल राष्ट्र बैंकले ूग्लोबल मनी वीक(२०२४ू आफ्नो पैसा सुरक्षित गर्नुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस् भन्ने नारासहित सप्ताहव्यापि रुपमा मनाउने निर्देशन गरे अनुसार सस्थामा आवद्ध समुहका दिदिबहिनीहरुलाई एकि ठाउँमा भेला गरि बित्तीय साक्षरता कार्यक्रम गरिएको बताउनु भयो ।

साक्षरता तालिमसङ्गै समुहमा आवद्द भएका सदस्यका छोराछोरी जो ११र१२ कक्षामा उत्कृष्ट नम्बर ल्याउन सफल छन उनिहरुबाट १र१ जनालाई हरेक बर्ष १०र१० हजार छात्रवृत्ति पुरस्कार दिने गरेको बताउनु भयो । उहाँले कोहलपुर शाखाले सामाजिक दायित्व अन्तरगत सदस्य गिता कुमारी खत्रीका छोरा ज्ञानु खत्रीलाई र कमला बिककि छोरि रेबिका बिकलाई यसबर्षको छात्रवृत्ति प्रदान गरिएको बताउनु भयो।

तालिममा वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन ९बचत भिडियो०, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता ९कर्जाको भिडियो०, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च ९बजेट भिडियो०, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकका सेवाहरु कर्जा, बचत, बिमा, विप्रेषणको बारेमा यसै सस्थाका उदयपुर शाखाका शाखा प्रमुख अशोक पाठकले प्रशिक्षण दिनुभएको हमालले बताउनु भयो।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति समेत रहनु भएको कोहलपुर नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले पछिल्लो समय सहकारि र लघुबित्तका कारण बिभिन्न घटनाका केशहरुपनि आइरहेको हुँदा समुहमा आवद्द दिदिबहिनीहरुलाई जुन उदेश्यले ऋण लिने गर्नु हुन्छ त्यसै उदेश्यमा ऋणको सदुपयोग गर्ने ऋण लिएर जन्मदिन , एनिभर्सरि जस्ता कार्यमा खर्च नगर्न आग्रह गर्नुभएको छ।

उहाँले थोरै पैसाको लोभमा अरुलाई ऋण खाइदिएर आफ्नो घरबार बिगार्ने काम नगर्न समेत आग्रह गर्नुभएको छ। सस्थामा बसेर ऋण लिएर अपमानित होइन सम्मानित गर्ने काम गएन सके त्यस्ता मेहनति र उद्यमि महिलाहरुलाई वडाबाट पनि सधै साथ र सहयोग मिल्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।

यस्तै कोहलपुर शाखाका शाखा प्रमुख बिरेन्द्र प्रसाद चौधरीले एक परिवारमा एक जना उद्यमी बनाउन सस्थाले पहल गरी रहेको बताउनु भएको छ । सस्थाले निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत जानकारी दिनु भएको छ।उहाँले समुहमा आवद्ध दिदिबहिनीहरुलाई कर्जाको सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ।

यस्तै तालिममा सहभागि महिला दिदिबहिनीहरुले यस तालिमले विपन्न परिवारलाई अगाडि बढन सहयोग गर्ने र सस्थाले गरीब विपन्नहरुलाई घरदैलो सेवा दिई गरीबको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए । सस्थाम आवद्द सदस्य श्री साबित्रा वलिको सभापतित्वमा सुरु भएको तालिमको संचालन सस्थाका राझा शाखा प्रमुख बिमल चन्दले गर्नु भएको थियो।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १० : ३३ बजे