७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बन्द राजमार्ग सहमति पछि खुल्यो




कोहलपुर बाँके चैत ११- बन्द गरेको पूर्व–पश्चिम राजमार्ग राहत दिने सहमति भएसँगै खुल्ला गरिएको छ ।
दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको घटनामा पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ राहत दिने सहमति भए पछि खुल्ला गरिएको हो ।


पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–३ मसुरियामा पीडित पक्षले आइतबार मध्यान्हदेखि राजमार्ग बन्द गरेका थिए ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार बीमा बापत जनही पाँच–पाँच लाख, जिल्ला विपदबाट जनही दुई–दुई लाख र प्रदेश विपदबाट जनही एक–एक लाख रुपैयाँ दिने सहमति भएको हो ।

शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरिरमाथि खस्दा राप्ती गाउँपालिका–३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो ।

दिलसरा र कृष्णको घटनास्थलमा मृत्यु भएको थियो। गोरखबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १ : २७ बजे