७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भूकम्प पीडितलाई मनसुन शुरु हुनुभन्दा अघि राहत वितरण गरिने गृहमन्त्रीको दाबी



काठमाण्डौ चैत १५– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिनुभएको छ । सरकारले दिने भनेको राहत नपाएर कतिपय भूकम्प पीडितहरु चर्किएको घर र पालमै बस्न बाध्य भैरहँदा गृहमन्त्रीले यस्तो दाबी गर्नुभएको हो ।

हिजो प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले मनसुन शुरु हुनुअगावै राहत वितरण गरिने बताउनुभएको हो । पाँच महिनाअघि कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम जिल्लाका बासिन्दा प्रभावित भएका छन् ।

जाजरकोटमा ४२ हजार ५ सयभन्दा बढी लाभग्राही कायम भएकोमा ३० हजारभन्दा बढीले अस्थायी आवास बनाएका छन् । यस्तै रुकुम पश्चिमका ३१ हजार ३ सय लाभग्राही रहेकोमा झण्डै ३० हजार अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर पहिलो किस्ता पाएका कतिपयले दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।

अस्थायी आवास बनाउन नसकेका भूकम्प पीडित चर्किएकै घरमा बस्न बाध्य छन् । पुनर्निर्माणको कामले गति लिन नसक्दा कतिपय परिवार पाँच महिनादेखि त्रिपालमुनी बसिरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ४ : ४३ बजे