७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भाइको नामबाट एसइई दिने पक्राउ



कोहलपुर बाँके चैत १५- भाइको नामबाट एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

दैलेखको सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

नककली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निकरबहादुर तारीमाले जानकारी दिए। एसइई परीक्षाको पहिलो दिन भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महाबु गाउँपालिकाको गैडाबाज माध्यमिक विद्यालय रानीवनका नियमित एसइई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका आरोपित बालक नारायण नगरपालिका–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको जनाइएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : १९ बजे