७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भारतमा गर्भमै शिशुको ज्यान जाने जोखिम दोब्बर



एजेन्सी चैत १७- गर्भवती महिला धेरै समय चर्को गर्मीमा बस्दा गर्भ खेर जाने जोखिम दोब्बरले बढ्ने नयाँ अध्ययनले देखाएको छ । भारतको दक्षिणी राज्य तामिलनाडूका आठ सय गर्भवती महिलालाई सहभागी गराएर गरेको अध्ययनले गर्भवती महिलाले चर्को गर्मीमा घण्टौं बिताउँदा गर्भमै शिशु मर्ने तथा गर्भ खेर जाने जोखिम बढ्ने देखाएको बीबीसीले जनाएको छ ।

प्रतिवेदनमा आमा हुन लागेका महिला लामो समय गर्मीमा काम गर्दा हुने जोखिम यसअघि अनुमान गरिएकोभन्दा धेरै बढी रहेको उल्लेख छ । चेन्नईमा रहेको ‘श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्च’ले गरेको अध्ययन सन् २०१७ मा शुरु भएको थियो ।

‘द गाम्बिया’मा गरिएको यसअघिको एउटा अध्ययनले पनि उच्च तापक्रमले भ्रुण अवस्थामै धड्कन उच्च हुने र रक्तसञ्चार सुस्त हुने पत्ता लगाएको थियो । प्रतिवेदनमा गर्भवती महिलालाई चर्को गर्मीमा काम गर्नुपरेमा बेलाबेलामा शितल छहारीमा गएर आराम गर्न र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान सुझाव दिइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १ : ३३ बजे