३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

बाँकेमा ६० वर्ष उमेर पुगेका १३ जना महिला स्वास्थ्य स्वयंसेविलाई बिदाइ



कोहलपुर बाँके चैत १८ – जिल्ला स्वास्थ्य कार्यालय बाँकेले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँ नगदसहित बिदाइ गरेको छ । ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँसहित सम्मान गरेर बिदाइ गर्ने लुम्बिनी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत उनीहरूलाई बिदाइ गरेको कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले ५० हजार रुपैयाँ नगद प्रदान गर्ने नीति लिएको र यो शुरुवात भएको बताउनुभयो ।

लुम्बिनी प्रदेशमा नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेकामा बर्सेनि झन्डै चार सय जनाले अवकाश पाउने गरेका छन् । सम्मानित महिला स्वास्थ्य स्वयंसेविका बीना पाण्डेले नगदसहित सम्मान गरेर बिदाइ गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा गाउँगाउँमा स्वास्थ्यसम्बन्धी जागरण ल्याउन अमूल्य योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : २७ बजे