७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु



कोहलपुर बाँके चैत २१- बसको ठक्करबाट घाइते भएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवामा साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको लु २ ख ५७५३ नम्बरको बसले आज (बुधबार) ५:३० मैटहवामा साइकललाई ठक्कर दिएको थियो।

उक्त ठक्करबाट घाइते भएका कोहलपुर ३ बस्ने अन्दाजी ६८ वर्षीय चन्द्रश्वर चालिसेको नेपालगन्ज मेडिकल कोहलपुरमा उपचारको क्रमममा मृत्यु भएको छ । चालिसेको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेकोछ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ३३ बजे