६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

सोफा कारखानामा आगलागी ललितपुरमा हुँदा एकजनाको ज्यान गयो



ललितपुर चैत २४, – हात्तीवनमा रहेको सोफा कारखाना (सिक्मा मेटल इन्टक्स) मा आगलागी हुँदा एकजनाको ज्यान गएको छ । कारखानामा आज बिहान आगलागी भएको हो ।

आगलागीमा परेर एक पुरुषको ज्यान गएको र मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो । शव जलेको अवस्थामा फेला परेको र पोष्टमार्टमका लागि क्रिस्ट अस्पतालमा राखिएको छ ।

ललितपुर महानगरपालिका–२३ हात्तीवनमा रहेको कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ९ : १४ बजे