७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु, ९ जना घाइते



धादिङ वैशाख २- धादिङको निलकण्ठ नगरपालिकास्थित खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय बालक सन्तोष रम्तेलको मृत्यु भएको छ ।

दुर्घटनामा परी अरु ९ जना घाइते भएका छन् ।

निलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीबेसि तर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको हो ।

मल लोड गरेको ट्रक सडकबाट करिव तीस मिटर तख खोल्सामा खसेको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई जिल्ला अस्पताल धादिङमा थप उपचारका लागि लगिएको छ ।

घाइते सबैको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको अस्पतालले जनाएको छ ।।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ७ : २७ बजे