७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ब्यक्तिगत घटना दर्ता अभियान बैजनाथमा सुरु




कोहलपुर बाँके वैशाख २- बैजनाथ गाउँपालिका बाँकेले ब्यक्तिगत घटना दर्ता सप्ताह सुरू गरेको छ ।

जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्‍याउने तथा अन्य घटना दर्ता उल्लेख्य रूपमा वृद्धि गर्ने उद्देश्यले व्यक्तिगत घटना दर्तालाई महत्व दिँदै बैजनाथ गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सञ्चालन गर्न लागेको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनु भयो ।

प्रत्येक वर्ष वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै आएको छ ।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना दर्ता गराउन पालिका अध्यक्ष शाहीले आग्रह गर्नु भएको छ ।

यो अधिकार प्रत्येक स्थानीय नागरिकलाई प्राप्त गराउने उदेश्यले संचालन गरिएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ३ : १४ बजे