७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुनसरीमा घाटका कामदारको चिर्पट प्रहार गरी हत्या



सुनसरी वैशाख ४,- इटहरी उपमहानगरपालिका(४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोही उपमहानगरपालिका(४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इटहरी उपमहानगरपालिका(४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा गम्भीर घाइते भएका विनोदको वेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : २९ बजे