७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जलवायु परिवर्तन बाट असर सम्बन्धि १ दिने प्रशिक्षण सम्पन्न



बाँके वैशाख ४- बैजनाथ गाउँपालिका बन तथा बिपद ब्यवस्थापन समिति संयोजक फरुदिन हलवाईको अध्यक्षतामा मंगलबार बैजनाथ गाउँपालिकाको सभाहलमा जलवायु परिवर्तन बाट असर सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय वडा अध्यक्ष कार्यपालिका सदस्य सामुदायिक बन उपभोक्ता समुह तथा मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधिहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम भएको बन प्राबिधिक प्रतिक शाहले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनको असर र त्यसको प्रभाव न्यूनीकरण तथा अनुकुलत बारे प्रशिक्षण कार्यक्रममा छलफल भएको थियो।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : ४२ बजे