७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाहुबली हर्बल प्रालिमा आगलागी




कोहलपुर बाँके वेशाख ६, बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी भएको छ । बिहीबार बिहान ७।१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन। जानकी गाउँपालिका वडा नं। ६, पिप्रहवामा रहेको राजेश जैनको जडीबुटी उद्योगमा विद्युत सर्ट भएर आगो लागेको सम्बद्धले बताएका छन् ।

आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका दमकल आएको छ। बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकाको दमकल मगाइएको छ ।

उद्योगको परिसरमा रहेको काठमा आगो दन्किएको छ । उद्योगभित्र आगो पुगिसकेको छैन । उद्योगभित्र पुगेमा अझ ठूलो क्षति हुने भएकाले आसपासबाट दमकल मगाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, एसपी तुलबहादुर कार्कीलगायत घटनास्थलमा पुगेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ९ : ३५ बजे