७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गोरखाको वीरेन्द्र ताल फुट्यो




गोरखा वेशाख ९-,
गोरखाको उत्तरी चुमनुर्ब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । तालमा हिमपहिरो खसेको हो । हिमपहिरो आएर तालको पानी बगेर बाहिर अएको छ ।

पानी बाहिर निस्किएर बाढीले एउटा पुल बगाएको प्रहरीले जानकारी दिएको छ । बाढीले पुल बगाएपछि साम्दु र सामागाउँ जाने बाटो नै बन्द भएको चुमनुर्ब्री गाउँपालिकाले जनाएको छ ।

प्रहरीका अनुसार बाढीले क्षति पुर्याउन सक्ने भन्दै आरुघाट, धार्छे लगायतका स्थानीय वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । हिमपहिरोका कारण बुढी गण्डकीमा ठुलो बाढी आएको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रमा ठुलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : ३९ बजे