७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आज कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी, सचेत रहन आग्रह



काठमाण्डौ बैशाख ९, – अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रका एकरदुई ठाउँमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ४० बजे