७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी




कोहलपुर बाँके वैशाख ११, – रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका(६ बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो ।

केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासि सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन ।

राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : १२ बजे