७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको पुष्टि



काठमाण्डौ बैशाख १२, – एम्नेस्टी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०२३ मा विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ ।

एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज प्रतिवेदन सार्वजनिक गर्दै विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, कृत्रिम बौद्धिकता अर्थात् ुआर्टिफिसियल इन्टेलिजेन्सु ९एआई०को प्रयोग, दुर्व्यवहारजस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको भएको बताउनुभयो ।

विश्वका एक सय ५५ वटा देशको मानव अधिकारको अवस्थाको मूल्याङ्कनसहितको वार्षिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन प्रभावकारी नहुँदा विश्वले एउटा डरलाग्दो परिणाम भोगिरहेको उल्लेख छ । एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनले राजनीतिक दलका नेता र संस्थाद्वारा मानव अधिकारका सिद्धान्तमाथि विश्वासघात गरेको मूल्याङ्कन प्रस्तुत गरेको छ ।

एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियाले सन् २०२३ मा नेपालमा पनि मानव अधिकारको अवस्था सन्तोषजनक नभएको बताउनुभयो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ९ : ०५ बजे