७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काठमाण्डौ महानगरमार्फत देशभरका अशक्त र गरिब नागरिकलाई निःशुल्क उपचार हुने



काठमाण्डौ बैशाख १६, – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निस्शुल्क उपचार हुने बताउनुभएको छ ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाण्डौ महानगर आउन अनुरोध गर्नुभएको हो ।

महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निस्शुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उहाँले बिरामीको आवश्यकताअनुसार निस्शुल्क उपचार हुने बताउनुभएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ५६ बजे