७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

वायु प्रदूषणले बालबालिका र महिलामा स्वास्थ्य जोखिम बढेको : अध्ययन



काठमाण्डौ बैशाख १६, – वायु प्रदूषणका कारण बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ । ुसेभ द चिल्ड्रेनु ले गरेको अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या बढेका छन् ।

यस्ता बालबालिकाको वृत्ति विकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत घट्न थालेको देखिएको प्रतिवेदनमा उल्लेख छ । ुसेभ द चिल्ड्रेनु का सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लामध्ये काठमाण्डौ र सप्तरीमा अध्ययन गरिएको बताउनुभयो ।

यसैबीच आज बिहान पनि काठमाण्डौ उपत्यका विश्वका प्रदूषित शहरको पहिलो नम्बरमै रहेको छ । देशभर बढेको डढेलो र सुक्खा तथा धुलोका कारण केही दिनदेखि काठमाण्डौ उपत्यकासहितका शहरमा वायु प्रदूषण बढेको छ । अहिले पनि देशका एक सयभन्दा धेरै ठाउँको जङ्गलमा डढेलो लागिरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ०९ बजे