९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

नाइजेरियामा दादुराको शङ्कास्पद प्रकोपबाट १९ जना बालबालिकाको ज्यान गयो




एजेन्सी बैशाख १६,- नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुराको शङ्कास्पद प्रकोपबाट कम्तीमा १९ जना बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अदामावाका स्वास्थ्य आयुक्त फेलिक्स ताङ्वामीले दादुराको प्रकोपबाट दुई सय जनाभन्दा धेरै बालबालिका प्रभावित भएका आशङ्का गरेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र डाक्टरको टोली तत्काल परिचालन गरिएकोे जानकारी दिनुभएको खबरमा उल्लेख छ । उहाँले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताउनुभयो । उहाँले अभिभावकले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा यो दुःखद क्षण आएको भन्दै बालबालिकालाई दादुराविरुद्धको खोप नियमित लगाउन प्रोत्साहन गर्नुभएको छ ।

दादुरा पाँच वर्षमुनिका बालबालिकामा हुने भाइरल सङ्क्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : ३८ बजे