७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

चार दिन देखि रोकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो



कास्की बैशाख २०, – बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । चार दिनदेखि रोकिएको उडान आज बिहानदेखि नियमित भएको बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । चार दिनमा दुई दिन कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भएका थिए । मौसममा सुधार आएसँगै ुभिजिबिलिटीु पुगेकाले आज बिहानैदेखि उडान नियमित भएका उहाँले बताउनुभयो ।

पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण ुभिजिबिलिटीु नपुग्दा विमानस्थल बन्द भएको थियो । चार दिनसम्म उडान नहुँदा यात्रुले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ८ : ५२ बजे