७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

न्यूरोडमा कर छल्नका लागि एउटा सटर महिनाको चार हजार रुपैयाँमा भाडा सम्झौता



काठमाण्डौ बैशाख २२, – काठमाण्डौको न्यूरोडमा कर छल्नकै लागि एउटा सटर महिनाको चार हजार रुपैयाँमै सम्झौता गरेको पाइएको महानगरपालिकाले जनाएको छ । महानगरको टोलीले शुरु गरेको घरवहाल कर बारेको बजार अनुगमनका क्रममा न्यूरोड क्षेत्रमा सस्तोमा भाडा सम्झौता भएको पाइएको हो ।

सम्झौताअनुसारको १० प्रतिशत कर महानगरपालिकालाई तिर्नुपर्छ । त्यही कर छल्नको लागि सस्तोमा सम्झौता भएको हुन सक्ने नगर प्रहरी निरीक्षक ईश्वरप्रसाद वाग्लेले बताउनुभयो । न्यूरोड क्षेत्रमा सामान्य सटरको पनि ४०र५० हजार रुपैयाँ भाडा पर्ने भन्दै उहाँले निकै ठूला सटर पनि महिनाको चार हजारमा सम्झौता भएको पाइएको बताउनुभयो ।

महानगरको टोलीले हिजो न्यूरोडबाट घरबहाल करबारे अनुगमन शुरु गरेको हो । महानगरले कर तिर्नेलाई धन्यबाद दिन र नतिर्नेलाई कर तिर्न आग्रह गर्न अभियान शुरु गरेको बताएको छ । अनुगमनको क्रममा व्यवसाय दर्ता भए पनि नविकरण नगरेको र घरबहाल करमा समस्या देखिएको काठमाण्डौ महानगर राजश्व विभागका राजश्व अधिकृत रामजी श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ९ : २९ बजे