३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

चट्याङ लागेर अछाममा एक बालकको ज्यान गयो




अछाम बैशाख २५,– अछाममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षका छोरा गौरवको ज्यान गएको पूर्व वडाअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिनुभयो । गएराति हुरीबताससँगै परेको चट्याङले गौरवको ज्यान गएको हो ।

यस्तै डडेलधुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् । घरमा क्षति पुगेको छ । चट्याङ लागेर अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उहाँकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयकाअनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : ५३ बजे