७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता’ दिने ः सञ्चार मन्त्री शर्माले




काठमाडौँ, वैशाख २९ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सरकारले आर्थिक समृद्धि र सुशासनको प्रमुख आधारका रूपमा लिएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रमका साथै बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

सूचना तथा सञ्चार प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुव्रmबार सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सुशासनको अभियानलाई अगाडि बढाउन सूचना प्रविधिको विकास आवश्यक रहेको बताउनुभयो । उहाँले सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन कायम गर्न सकिने भएकाले सूचना प्रविधि क्षेत्रलाई नीतिगत र संरचनागत रूपमा बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा महिलाको अनिवार्य सहभागिताका साथै नेतृत्वदायी भूमिकासमेत हुनुपर्नेमा जोड दिँदै आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नीति तथा कार्यव्रmम र बजेटमा विशेष योजना अगाडि सारेको र यस क्षेत्रको विकासका लागि सरकारले नीतिगत तथा संरचनागत व्यवस्था गरेको जानकारी दिनुभयो ।

प्रत्येक वर्ष १० हजार युवा जनशक्ति सूचना प्रविधि क्षेत्रमा उत्पादन हुने गरेको भन्दै मन्त्री शर्माले पछिल्लो तथ्याङ्क अनुसार सूचना प्रविधिसम्बन्धी सेवा निर्यातबाट नेपालमा वार्षिक करिब ६६ अर्ब रुपियाँ विदेशी मुद्रा भित्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिको विकासका निम्ति नीतिगत र संरचनागत व्यवस्थामा सरकारको ध्यान गएको छ । यसबिचमा केही ऐन कानुन र पूर्वाधार निर्माण भएका छन् ।”

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले सूचना प्रविधिको क्षेत्रमा महिलाको पहुँचका साथै नेतृत्वदायी भूमिकाका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सूचना प्रविधिको क्षेत्रमा रहेका विभिन्न चुनौतीलाई विचार र मनन गरी आवश्यक पहलका लागि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

कार्यव्रmममा प्रविधिमा महिला नेतृत्वका लागि नीति तथा कार्यक्रम र प्रविधिमा महिला नेतृत्वसम्बन्धी विषयमा प्यानल छलफल भएको थियो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आह्वानमा नेपालमा सन् २०१३ देखि नेपाल दूरसञ्चार प्राधिकरणले यस दिवसलाई विभिन्न रचनात्मक र कार्यव्रmमसाथ मनाई विभिन्न सङ्घ संस्थालाई सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलालाई उत्प्रेरित गर्न आह्वान गर्दै आएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले ‘नेतृत्व’ भन्ने मूल नाराका साथ दिवसका कार्यव्रmम सञ्चालन गर्न आह्वान गरेको छ । यस वर्ष ‘प्रविधिमा महिला

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : ०१ बजे