७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

यूएईसँग हुने विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा




काठमाण्डौ जेठ १, – विश्वकप फुटबल छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स ९यूएई० सँग हुने खेलका लागि आज २८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत रहेका छन् । यसैगरी डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छनोटमा परेका छन् ।

मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् भने फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन् ।

नेपाल र यूएईबीचको खेल यही जेठ २४ गते दशरथ रङ्गशालामा हुने तय भएको थियो । तर दशरथ रङ्गशालाको मापदण्ड नपुगेको भन्दै एएफसीले खेल स्वतन्त्र मैदान अर्थात् ुन्युट्रल भेन्युु मा गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १२ : ४९ बजे