७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिडिओ पोखरेलले बाँके छोडे




कोहलपुर बाँके जेठ १ – जिल्लाको अभिभावकीय भूमिकामा रहेको जिम्मेवार व्यक्ति नै गैरजिम्मेवार बनिदियो भने जिल्लाबासीको अवस्था के होला रु जिल्लाको शान्ति सुरक्षा र दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नै भगौडा शैलीमा गायब हुँदा जिल्लाबासीमा त्यसको कस्तो असर पर्ला रु पक्कै पनि जिल्लाबासीमा यसको सन्देश राम्रो जाँदैन ।

हो, बाँके जिल्लामा अहिले त्यस्तै भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल जिल्लाबाट एकाएक भगौडा शैलीमा गायब भएका छन् । यो खबरले जिल्लाबासी आश्चर्य चकित छन् भने जिल्ला प्रशासन कार्यालयका कर्मचारी अन्योलमा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी नै बिनाखबर गायब भएपछि जिल्लामा अन्योलको स्थिति बनेको हो । प्रजिअ पोखरेल कसैलाई जानकारीसमेत नदिई गत बुधबारदेखि गायब छन् । आफू हिँड्दा उनले निमित्तको जिम्मेवारीसमेत कसैलाई दिएका छैनन् ।

स्रोतका अनुसार बुधबार साढे १० बजेतिर उनी सुरक्षागार्डसहित सोझै राँझा एयरपोर्ट पुगेका थिए । त्यहाँबाट उनी काठमाडौँका लागि उडेका थिए । जाँदाजाँदै उनले ‘यो मोबाइल माझी सरलाई दिनू’ भन्दै आफूले प्रयोग गर्दै आएको अफिसियल नम्बरको मोबाइल सुरक्षागार्डलाई थमाएका थिए । करिब १२ बजेतिर सो मोबाइल प्रजिअका सिडिओका सुरक्षागार्डले सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई बुझाएका थिए । त्यसपछि मात्र माझीले प्रजिअ पोखरेल काठमाडौँतिर लागेको थाहा पाएका थिए ।

‘दिउँसो करिब साढे दुई बजेतिर काठमाडौँबाट मलाई फोन गरेर सिडिओसाबले ‘म काठमाडौँ आएँ, तपाईंले निमित्त भएर काम गर्नुहोला’ भनेर मौखिक रूपमा भन्नुभएको थियो,’ उनले भने, ‘उहाँ कहिले आउने वा आउने नआउनेबारे केही टुंगो भएन ।’

लिखित जिम्मेवारी नभए पनि वरिष्ठताका आधारमा सहायक सिडिओ माझीले अहिले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरिरहेका छन् । तर उनले यसरी जिम्मेवारी लिइरहँदा यदि शान्ति सुरक्षाका सवालमा कुनै आकस्मिक निर्णय लिनुप¥यो भने त्यतिबेला के गर्ने भन्ने अन्योल कायमै छ । मौखिकका भरमा सम्हालिएको निमित्तको जिम्मेवारीले आफूले आकस्मिक निर्णय लिन नसक्ने माझीले बताए । शान्ति सुरक्षाका हिसाबले अति संवेदनशील जिल्लाका रूपमा लिइने बाँकेमा यदि कुनै आकस्मिक निर्णय लिनुपर्ने अवस्था आए के गर्ने रु प्रश्न गम्भीर बनेको छ ।

आखिर प्रजिअ पोखरेललाई जिल्लाबाट एकाएक भाग्नुपर्ने खण्डखातिर किन आइप¥यो रु यतिबेला आम बाँकेबासीमा जिज्ञासा चुलिएको छ । अरू त अरू कार्यालयका कर्मचारीसमेत यो कुराले आश्चर्यचकित छन् । प्रजिअ पोखरेल यस्तो बेलामा एकाएक जिल्लाबाट भागेका छन् जतिबेला भारतसँगको सीमा नाका सिल भएको छ ।

भारतीय लोकसभा चुनावका क्रममा उनैको निर्देशनमा बाँकेमा तीन दिनदेखि सीमा नाका सिल गरिएको छ । भारतीय चुनावका क्रममा नाकामा कुनै गम्भीर समस्या देखिए के गर्ने रु भन्ने अन्योलता पनि छँदै छ । यस्तो संवेदनशीलतालाई समेत ख्याल नगरेर प्रजिअ पोखरेल गैरजिम्मेवारीपूर्वक जिल्लाबाट सुटुक्क हिँडेका छन् ।

अर्कोतिर सार्वजनिक तथा सरकारी जग्गा फिर्ता ल्याउन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन गर्नुपर्ने दायित्व उनीमाथि छ । यसै क्रममा ठाउँ–ठाउँमा सरकारी जग्गा अतिक्रमण भएकाले जिल्ला प्रशासन कार्यालयले ती जग्गा फिर्ता ल्याउन पहल गर्नुपर्ने आवाज तीव्र रूपमा उठिरहेका छन् । कोहलपुर नगरपालिकास्थित क्रिकेट मैदान खाली गराउने विषयमा प्रजिअ पोखरेलकै उपस्थितिमा गत वैशाख २३ गते सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर जग्गा खाली गराउने सर्वपक्षीय निर्णय भएको थियो ।

त्यसैका आधारमा कोहलपुर नगर विकास समितिले सातदिने सूचनासमेत जारी गरेको थियो, जसको म्याद सोमबार मात्र सकिएको छ । यदि यस क्रममा जिल्लामा हिंसात्मक गतिविधि वा मुठभेड हुने अवस्था आएको भए के हुन्थ्यो रु प्रश्न गम्भीर बनेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई यो विषय मन्त्रालयमा जानकारी भएको बताउँछन् । सिडिओ नभए पनि जिल्लाको शान्ति सुरक्षामा कुनै कठिनाइ नहुने दाबी पनि उनको छ । ‘यस विषयमा मन्त्रालयलाई जानकारी छ । सिडिओ नभएमा स्वतः वरिष्ठ कर्मचारी त्यहाँको निमित्त हुने व्यवस्था छ,’ प्रवक्ता भट्टराईले मिसन टुडेसँग भने, ‘मन्त्रालयसँग अनुमति लिएर उहाँ (निमित्त)ले सिडिओले गर्ने सबै निर्णय गर्न सक्नुहुन्छ ।’

प्रजिअ पोखरेल पछिल्लो समय जिल्लामा निकै विवादित बन्दै आएका थिए । करिब ७ महिनाअघि बाँकेमा प्रमुख जिल्ला अधिकारी भएर आएदेखि नै उनी एकपछि अर्को विवादमा मुछिँदै गएका थिए । सामाजिक सञ्जालहरूमार्फत स्टन्टबाजी गर्दै आएका प्रजिख पोखरेलले यहाँस्थित सञ्चारकर्मीहरूलाई समेत बेवास्ता गर्दै आएका थिए ।

कुनै सञ्चारकर्मीले सूचना मागे उनी ‘धैर्य गर्नोस्, म फेसबुकमा अपलोड गर्छु अनि त्यसैबाट थाहा पाइहाल्नुहुन्छ नि १’ भन्दै आधिकारिक मिडियालाई समेत पन्छाउने गरेका थिए । प्रायः सबैलाई हप्कीदप्की गर्ने स्वभावबाट सेवाग्राही मात्र नभएर स्वयम् कर्मचारीसमेत उनीसँग चिढिँदै गएका थिए ।

यसै क्रममा गत वैशाख २३ गते प्रजिअ पोखरेलले कोहलपुरस्थित नापी तथा मालपोत कार्यालयमा आकस्मिक छापा मारेर बिचौलियाका नाममा केही कानुन व्यवसायीलाई पक्राउ गरेपछि अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा परेको थियो । जसमा अदालतले पोखरेललाई दोषी ठहर गर्दै आइन्दा यस्तो गल्ती नदोहो¥याउन सचेत गराएको थियो । सो विषय अहिले पनि बाँकेमा सेलाइसकेको छैन ।

एकातिर जिम्मेवारीका क्षेत्रमा निरन्तर असफल र विवादित हुँदै जानु अर्कातिर मन्त्रालयको ६० जना सरुवाको लिस्टमा परेर पछिल्लो समय कटौतीमा पर्नुले उनी एकाएक तिल्मिलाएको स्रोतको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलसँग एक्कासी जिल्लाको कमाण्ड छोडेर जिल्ला छोड्नुको कारणबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १ : ०३ बजे