७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नमुना नगर सभा अभ्यास सम्पन्न




कोहलपुर बाँके – ‘‘अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउने छौ’’ भन्ने मूल नाराका साथ कोहलपुरमा पहिलो पटक भएको नमुना नगर सभा अभ्यास २०८१ सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख , उपप्रमुख, प्रशासकीय अधिकृत लगाएतका सहभागिहरुले नमुना नगर युवा सभाको प्रस्तुती दिएका थिए ।

नमुना नगर सभामा कोहलपुर नगर युवा संजालका अध्यक्ष रमेश वरले मेयर र ।।। उपप्रमुखको भूमिका कबिता अधिकारीले निर्वाह गरेका गर्नु भएको थियो । मेयरले नीति तथा कार्यक्रम र उपप्रमुखले बजेट प्रस्तुत गर्नु भएको थियो ।
कोहलपुर नगर युवा सञ्जालका कार्यसमिति सदस्य सुजन रोकायले वडा ले विनियोजन विधेयक प्रस्तुत गर्नु भएको थियो भने बाँकी सहभागिले नगर सभासदको भूमिका निर्वाह गरेका थिए ।

नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कोहलपुरमा ४ दिने नमूना युवा संसद अभ्यास कार्यक्रम संचालन भएको थियो ।

नमुना अभ्यास अन्तर्गत सहभागिहरुले नगरपालिका युवा क्षेत्रका विद्यमान परिस्थितिरुका विषय उठान गर्दै त्यसको समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति विच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित कार्यक्रममा गरीएको थियो ।

नमुना नगर सभाका लागि कोहलपुर नगरपालिकाको सभाहलमा संसबाल अधिकारकर्मी साहिल अन्सारीले ४ दिनको प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा नगरपालिकाका १५ वटा वडाबाट १६ वर्षदेखि २४ वर्ष उमेर समूहका ६१ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ११ : ०१ बजे