९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

आज देशमा केही ठाउँमा ठूलो वर्षाको सम्भावना



काठमाण्डौ जेठ ७, – आज कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुका साथै लुम्बिनी प्रदेश लगायत अरु पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा बिहानैदेखि हल्का पानी परिरहेको छ । पानी परेको ठाउँमा गर्मी घटेर शीतल भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ६ : ०५ बजे