७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मैत्रीपूर्ण फुटसल सम्पन्न



कोहलपुर बाँके जेठ १२- नेपाल प्रेस युनियन बाँके शाखाले नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ । शनिबार नेपालगन्ज स्थिति बागेश्वरी फुटसल हबमा उक्त मैत्रीपूर्ण फुटसल कार्यक्रम आयोजना गरिएको हो ।

मैत्रीपूर्ण फुटसलका प्रमुख अतिथि नेपाली कांग्रेस बाँके जिल्ला सभापति नारायण गौडेल थिए । उनले बाँके शाखाका अध्यक्ष प्रियसमृती ढकालको नेतृत्वको कमिटी एकदम क्रियाशील रहेको बताएका छन् । उनले ” आज हुन गइरहेको खेल र भोलिको स्वास्थ्य शिविर जस्ता कार्यले थप उत्साह, उमङ्ग र पत्रकारितामा नयाँ जोस र जाँगर थपिने” बताएका छन् ।

मैत्रीपूर्ण खेलको पहिलो चरणमा प्रेस युनियन बाँके शाखाका महिला पत्रकार र प्रजातान्त्रिक महिला उद्यमी नेपालगन्जका महिला बीच भएको थियो । खेलमा दुवै टिमको १-१ गोलको बराबरीमा टुंगिएको थिएको ।

त्यतै खेलको दोश्रो चरणमा प्रेस युनियन बाँकेका पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका बीच भएको थियो । खेल उत्साहजनक रुपमा पत्रकार टिमलाई स्वास्थ्यकर्मी टिमले पराजित गरेको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको बारेमा नेपाल प्रेस युनियन बाँकेका सचिव भीष्म लोधले जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी,महासचिव नवीन गिरी, सिचिवालय सदस्य गौरव गिरी , शुक्रारीषि चौलागाई, नेपाल प्रेस युनियन बाँके जिल्ला निवर्तमान अध्यक्ष अर्जुन वोली लगाएत पत्रकार, स्वाथ्यकर्मीकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ४ : १८ बजे